कुमालको शतकको बाबजुद नेपाल ‘ए’ आयरल्यान्ड ‘ए’ सँग पराजित

ओपनर अर्जुन कुमालको शतकका बाबजुद नेपाल ‘ए’ एकदिवसीय सिरिजको अन्तिम खेलमा पनि आयरल्यान्ड ‘ए’ सँग ६९ रनले पराजित भएको छ ।

टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयरल्यान्डले प्रस्तुत गरेको २ सय ८५ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल ‘ए’ ले ४० औं ओभरमा अलआउट हुँदै २ सय १५ रन जोड्यो । राम्रो सुरुवात गरे पनि मध्यक्रममा अनुभवी ब्याटरहरुले निराशाजनक प्रदर्शन गर्दा नेपाल ‘ए’ पराजित हुन पुग्यो ।

यससँगै आयरल्यान्डले सिरिज ३–० ले क्लिन स्विप गरेको छ । आयरल्यान्डले पहिलो खेल २१ रन र दोस्रो खेल १ सय १४ रनले जितेको थियो ।

अर्जुन साउद र अर्जुन कुमालले पहिलो विकेटका लागि ६८ रनको साझेदारी गरेका थिए । अर्जुन १२ औं ओभरमा ३६ रन जोडेर आउट भए । देव खनाल ११ रन, नरेन भट्ट १५ रन, कप्तान विनोद भण्डारी ४ रन बनाएर आउट भए ।

रिजन ढकाल खाता नखोली आउट हुँदा साहब आलमले ६ रनको योगदान दिए । वल्भ्सका लागि ह्वाइटले ५ विकेट लिए । ग्याभिन होएले ४ विकेट तथा म्याथ्यु फोस्टरले १ विकेट हात पारे ।

त्यसअघि टस जितेर पहिलो ब्याटिङ रोजेको वल्भ्सले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ८४ रन जोड्यो । ओपनर डोहनीले १ सय २९ बलमा १ सय ७ रनको योगदान दिए । उनले ४७ औं ओभरमा आउट हुनुअघि ८ चौका र २ छक्का प्रहार गरे ।

नेपाल ए का लागि रिजन ढकाल र रंजित कुमारले ३–३ विकेट लिए । विकास आग्री र साहब आलमले १–१ विकेट लिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर