गण्डकीमा तीन सदस्यीय मन्त्रिपरिषद् गठन, मनाङे पनि बने मन्त्री

गण्डकी प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारी, बिनाविभागीय मन्त्रीद्वय हरिबहादुर चुमान र राजीव गुरूङ (दीपक मनाङे) ले पद तथा गोपनीयताको सपथ लिएका छन् ।

आज प्रदेश प्रमुखको निवासमा आयोजित सपथ ग्रहण समारोहमा प्रदेश प्रमुख डिल्लीराज भट्टले मुख्यमन्त्री र मन्त्रीहरुलाई सपथ ग्रहण गराएका हुन् । बिनाविभागीय मन्त्रीका रुपमा नियुक्त चुमान नेकपा (माओवादी केन्द्र)का प्रदेशसभा सदस्य हुनु भने गुरूङ स्वतन्त्र रूपमा निर्वाचित सदस्य छन् ।

प्रदेश प्रमुख भट्टले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नेकपा (एमाले) संसदीय दलका नेता पाण्डेलाई आइतबार नै मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । एमालेका २२, माओवादी केन्द्रका आठ र एक स्वतन्त्र प्रदेशसभा सदस्यको समर्थनमा अधिकारी मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर