काठमाडौँ विश्वकै प्रदूषित सहरको सूचीमा तेस्रो स्थानमा

काठमाडौँ विश्वकै प्रदूषित सहरको सूचीमा तेस्रो स्थानमा रहेको छ ।

केही समय यता नेपालको वायु अस्वस्थकर बन्दै गएको छ । स्विट्जरल्याण्डको आईक्यूएयरका अनुसार काठमाडौंको वायु विश्वकै अस्वस्थकरको सूचीमा तेस्रो स्थानमा छ । पहिलो स्थानमा भारतको नयाँदिल्ली र दोस्रो स्थानमा थाइल्याण्डको चिङ्गमाई छ ।

सोमबार बिहान काठमाडौंको वायु गुणस्तर सूचकांक (एक्यूआई) १७३ छ । यो जनस्वास्थ्यको हिसाबले अस्वस्थकर हो ।

विश्वमै सबैभन्दा प्रदूषित नयाँदिल्लीको एक्युआई २४४ छ। यो अत्यन्तै अस्वस्थकर वायुको अवस्था हो। २०१ देखि ३०० सम्म एक्यूआईलाई अत्यन्तै अस्वस्थकर मानिन्छ।

एक्यूआईले हावामा हुने पीएम २।५ र पीएम १० भनिने सूक्ष्म कणलाई हेरेर प्रदूषणको तह निर्धारण गर्छ । वायुको अवस्था जनाउने सूचक १०० भन्दा माथि पुगेमा स्वास्थ्य कमजोर भएकाहरुका लागि अस्वस्थकर र १५० अंकभन्दा माथि पुगेमा सबैलाई अस्वस्थकर मानिन्छ ।

हरेक वर्ष चैतको बेला काठमाडौँ उपत्यकामा वायु प्रदूषण बढ्ने गरेको छ। काठमाडौँ उपत्यकामा बिहान र बेलुकाको समयमा वायु प्रदूषण अत्यधिक बढ्ने गरेको विज्ञहरुको भनाई छ ।

वायु प्रदूषणले जनस्वास्थ्यमा नकारात्मक असर पर्ने चिकित्सकहरुले बताएका छन्। विशेषगरी बालबालिका, वृद्धवृद्धा एवं श्वासप्रश्वाससम्बन्धी बिरामी र मुटुका बिरामी यसबाट बढी प्रभावित हुने गरेका छन्।

प्रदूषणको बेला सकेसम्म घरबाहिर ननिस्किन र निस्कनुपरे पनि विशेष सावधानी अपनाउन चिकित्सकहरुले सुझाव दिएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर