कांग्रेसले विष्णुदेवी पुडासैनीलाई राष्ट्रियसभा उपाध्यक्षको उम्मेदवार बनाउने

राष्ट्रिय सभाको उपाध्यक्ष पदमा नेपाली कांग्रेसले पनि उम्मेदवारी दिने भएको छ । आज बसेको संसदीय दलको बैठकले उम्मेदवारी दिने निर्णय गरेको हो ।

पार्टीले नेतृ विष्णुदेवी पुडासैनीलाई उपाध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको एक नेताले बताए । पुडासैनी माघमा भएको राष्ट्रियसभा निर्वाचनमा निर्वाचित भएकी थिइन् ।

राष्ट्रिय सभाको उपाध्यक्ष पदमा आज उम्मेदवारको मनोनयन दर्ता हुँदै छ । उपाध्यक्षका लागि बुधबार निर्वाचनको मिति तोकिएको छ । त्यसका लागि आज संसद् सचिवालयमा उम्मेदवारको मनोनयन दर्ताको समय तोकिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर