विविधतामा एकता नै नेपालको सुन्दरता : सभामुख मण्डल

मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलले विविधतामा एकता नै नेपालको सुन्दरता भएको बताएका छन् ।

मुस्लिम समुदायको जारी रमजान पर्वको अवसरमा आयोगद्वारा जनकपुरधाममा आयोजित इफ्तार कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख मण्डलले विविधतामा एकता नै नेपालको सुन्दरता भएको बताएका हुन् ।

उनले मुस्लिम समुदायको पवित्र महिनाको रुपमा रहेको रमजानले आपसी भाइचारा तथा सामाजिक सद्भाव वृद्धि गर्ने बताए । सभामुख मण्डलले विविधतामा एकता नै देशको विशेषता रहेकाले हिन्दु-मुस्लिमबीच सद्भाव कायम राखेर अघि बढ्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा मुस्लिम आयोगका समिम मियाँ अन्सारीले मन्दिर र मस्जिद आस्थाको केन्द्र भएकाले सबैले आफ्नो धर्मअनुसार काम गर्न पाउनुपर्ने बताए । अध्यक्ष अन्सारीले नेपालमा वर्षौंदेखि हिन्दु मुसलमान एकसाथ बस्दै आएको विशेषता रहेको र यही देशको पहिचान विविधतामा एकता रहेको बताए । विचौलियाहरुले धार्मिक सहिष्णुता बिगार्न खोजेको आरोप लगाए ।

मुस्लिम समुदायको पवित्र महिनाको रुपमा रहेको रमजान पर्वले सामाजिक सद्भाव, आपसी भाइचारा बढाएर शान्ति तथा मुलुकवासीमा समृद्धि हासिल हुने सहभागीहरुले अपेक्षा गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर