फोहोरमैला व्यवस्थापन राजनीतिक प्राथमिकताको विषय हुनुपर्छः ईयू राजदूत

युरोपियन युनियनका राजदूत भेरोनिक लोरेन्जोले वातावरण संरक्षण सबैको लागि प्राथमिकताको विषय भएको बताएकी छन् । मंगलबार बर्दिबास नगरपालिकामा क्रिएसन नेपालद्वारा आयोजित सरोकारबाला संगको छलफलमा राजदूत लोरेन्जोले यस्तो बताएकी हुन् ।

उनले वातावरण हामी सबैको लागि उतिकै महत्वपूर्ण रहेको जोड दिंंदै यसलाई राजनीतिक रुपमा स्थानीय प्राथमिकताको विषय बनाउनु पर्नेमा जोड दिइन् ।

उनले भनिन्, ‘वातावरणलाई राजनीतिक रुपमा पनि प्राथमिकता दिनुपर्छ । वातावरणलाई चक्रीय अर्थतन्त्रसँग जोड्न सके यसले पर्यावरण संरक्षणसंगै आर्थिक समृद्धि पनि हासिल गर्न सकिन्छ ।

त्यस्तै, नेपालका लागि जर्मन राजदूत थोमल प्रीन्जले बर्दिबास नगरपालिकाले फोहोरमैला ब्यबस्थापन क्षेत्रमा कसरी काम गरिरहेको जिज्ञासा राखेका थिए ।

बर्दिबास नगरपालिकाको उपमेयर तारादेवी महतोले नगरपालिकाले फोहोरमैला ब्यबस्थापन क्षेत्रमा नीति निर्माणका लागि क्रिएसन नेपालसंग सहकार्य गरेर अगाडि बढिरहेको बताइन । उनले अहिले पनि फोहोरमैला क्षेत्रमा काम भइरहेको जानकारी गराउंदै अझै नीतिगत स्पष्टतासहित दीर्घकालीन व्यवस्थापनमा जोड दिइन ।
स्वेडन (दिल्ली) मिसन उपप्रमुख क्रीस्टिएन क्यामिलले फोहोरमैला ब्यबस्थापन बिश्वब्यापी समस्या भएको जिकिर गर्दै नितिगत रुपमा स्पस्ट हुन सके समाधान गर्न कठिन नहुने बताए ।

त्यसैगरी, फ्रान्सका राजदुत ग्लिज बोरबाउ, पियन युनियनका सहकारिता उपप्रमुख एलोइजा स्टुडिलो पनि उपस्थित रहेकी थिइन । युरोपियन युनियनको सहयोगमा क्रीएसन नेपालले बर्दिबास नगरपालिकासंग मिलेर ग्रीनशिफ्ट परियोजना संचालन गरिरहेको छ ।

छलफलमा ग्रीन शिफ्ट परियोजनाका लागि छनौट भएका बर्दिबासका नगरपालिका भित्रका चार बिधालयका प्राधानाध्यापक सहित बिधार्थीहरुको सहभागिता रहेको थियो । उक्त बिधालयमा ञक्लाइमेट स्मार्ट स्कुलझ परियोजना सुचारु हुनेछ । जसमा बिद्यार्थीहरुले प्लास्टिकजन्य फोहोरमैला ब्यबस्थापनको बारेमा जनचेतना र ज्ञान प्राप्त गर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर