डोल्पामा डढेलो निभाउन जाँदा घाइते भएका थप दुई सैनिकको मृत्यु

डोल्पामा डढेलो निभाउन जाँदा घाइते भएका थप दुई सैनिकको मृत्यु भएको छ । उनीहरुको काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो ।

ठूलोभेरी नगरपालिका–३ मा सामुदायिक वनमा लागेको डढेलो निभाउन जाँदा सोमबार नेपाली सेनाका ४ जना घाइते भएका थिए । ज्यान गुमाउनेमा हुम्लाका जवान २३ वर्षीय आशिष बुढा र काभ्रे घर भएका जमदार ३८ वर्षीय केशरबहादुर जर्गा मगर छन् ।

सोमबार साँझ घाइते जुम्लाका हेमन्त रावतको मृत्यु भएको थियो । उनीहरुलाई सेनाको हेलिकोप्टरमा काठमाडौं ल्याइएको थियो । उक्त वनमा लागेको डढेलो अझै नियन्त्रणमा आइसकेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर