गण्डकीका मुख्यमन्त्री अधिकारीको नियुक्ति बदर माग गर्दै सर्वोच्चमा कांग्रेसको रिट

गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्ति बदर गर्न माग गर्दै नेपाली कांग्रेसले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेको छ । गण्डकी प्रदेश कांग्रेस संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मंगलबार रिट दायर गराएका हुन् ।

अधिकारीको नियुक्ति असंवैधानिक भएको कांग्रेसको जिकिर छ । पाण्डेले प्रदेशको मुख्यमन्त्री पदमा निरन्तरताका लागि अन्तरिम आदेश सहितको उत्प्रेषणयुक्त परमादेश समेतको आदेश जारी गर्न मागेका छन् ।

उक्त रिटमा बुधबार सुनुवाइ हुने भएको छ । एमालेका अधिकारीले मुख्यमन्त्री बन्दा माओवादीबाट सभामुख रहेका कृष्ण धितालको पनि हस्ताक्षर लिएका थिए । यो प्रक्रिया असंवैधानिक भएको कांग्रेसको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *