निजी क्षेत्रमैत्री ऐन, कानून नबनेसम्म देश बन्न सक्दैन : अध्यक्ष लिङदेन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले निजी क्षेत्रमैत्री ऐन, कानून नबनेसम्म देश बन्न नसक्ने बताएका छन् ।

बुधवार नेपाल उद्योग वाणिज्य महासङ्घको ५८औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले निजी क्षेत्रको मनोबल नउठेसम्म, निजी क्षेत्रमैत्री ऐन, कानून नबनेसम्म र सरकारमा बस्नेहरुको नियत नसुध्रिएसम्म देश बन्न नसक्ने बताए ।

उनले सरकारले बनाउने ऐन, कानूनहरु निजी क्षेत्रमैत्री हुनुपर्ने बताए ।

लिङदेनले ऐन, कानून लगानीमैत्री नभए जति सुकै ठूलो लगानी गरेर पनि लगानी कर्ताहरु नेपालमा नआउने जिकिर गरे ।

अघिल्ला लगानी सम्मेलनका प्रतिवद्धताहरु कार्यान्वयन हुन नसकेको उनको भनाई छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर