सांसदबाट निलम्बन फुकुवा गर्न टेकबहादुर गुरुङको निवेदन

कांग्रेस सांसद टेकबहादुर गुरुङले आफ्नो निलम्बन फुकुवाको माग गर्दै संघीय संसद सचिवालयमा निवेदन दिएका छन् । उनले सर्वोच्च अदालतको आदेशसहित निलम्बन फुकुवाको माग गर्दै निवेदन दिएका हुन् ।

उनले संसद् बैठकमा सहभागी गराउन र रोकिएको सेवासुविधा सुचारु गर्न पनि माग गरेका छन् । सर्वोच्चका न्‍यायाधीश मनोजकुमार शर्मा र विनोद शर्माको संयुक्त इजलासले चैत १६ गते गुरुङलाई निलम्बन गर्ने संघीय संसद् सचिवालयको निर्णय बदर गरेको थियो ।

अख्तियारले दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेपछि उनी सांसदबाट निलम्बित भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर