भवन बनाउन तरुण दलको दोस्रो चरणको चन्दा संकलन

 नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलले केन्द्रीय कार्यालय भवन निर्माणका लागि दोस्रो चरणको चन्दा संकलन गरेको छ ।

आज १४ लाख ९५ हजार ९९८ रुपैयाँ सहयोग जुटेको तरुण दलका अध्यक्ष विद्वान गुरुङले जानकारी दिए । 

सहयोग गर्नेहरू केन्द्रिय सदस्य अशोककुमार झाले २ लाख, दिनेश लामाले २ लाख, कुमार अधिकारीले २ लाख २० हजार, जित क्षेत्रीले २ लाख, सुजन थापामगरले २ लाख सहयोग गरेका छन् । 

त्यसैगरी, पुष्पराज बस्नेतले २ लाख र ऋतु ज्ञम्दान तामाङले एक लाख ८ हजार ८८८ सहयोग गरेका छन् । त्यस्तै, अम्बिका देवी बाँस्कोटाले एक लाख ११ हजार ५५५, र कृष्ण प्रसाद खरेलले  ५५ हजार ५५५ सहयोग गरेका छन् ।

केन्द्रीय कार्यसमितिको चैत १५ र १६ गते बसेको बैठकले भवन निर्माणका लागि आर्थिक सहयोग संकलन गर्ने निर्णय गरेको थियो । सो निर्णय बमोजिम आज दोस्रो चरणको सहयोग जुटेको अध्यक्ष गुरुङले जानकारी दिए । 

पहिलो चरणमा केन्द्रीय सदस्यहरु रमेश गौतमले २ लाख ६० हजार १०५, नवीन राईले २ लाख ५५ हजार, सरोजबहादुर शाहीले २ लाख ११ हजार १११, रत्न महर्जनले २ लाख १ हजार, दिपेन्द्र खड्काले २ लाख २२ हजार २२२, रिता परियारले १ लाख ११ हजार १११ रुपैयाँ आर्थिक सहयोग गरेका थिए । 

त्यस्तै, केन्द्रीय सदस्यहरू सुजन घिमिरे, सरिन घिमिरे, सौरभ केसी र कुलध्वज तामाङले २–२ लाख रुपैयाँ सहयोग गरेका छन् । भवन निर्माणका लागि रविभवनमा स्थानीय मैयादेवी श्रेष्ठबाट जग्गा उपलब्ध भइसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर