नागरिक उन्मुक्तिका प्रदेश सांसद चौधरी निलम्बित

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम प्रदेशका सांसद तथा मन्त्री घनश्याम चौधरीलाई तीन महिना निलम्बन गरेकी छिन् । चौधरीलाई तीन महिनाका लागि पार्टीबाट निलम्बन गरिएको उल्लेख गर्दै आज सूचना जारी गरिएको हो ।

पार्टीको चैत १४, १५ र २५ गतेको बैठकमा उपस्थित नभएको भन्दै संस्थापक अध्यक्ष श्रेष्ठले चौधरीलाई शुक्रबार निलम्बन गरेकी हुन् । यसअघि चौधरीलाई संसदीय दलको नेताबाट हटाउने निर्णय पनि उन्मुक्तिले गरेको थियो ।

‘घनश्याम चौधरीलाई पार्टीले अति महत्वपूर्ण र गम्भीर विषयमा छलफल गरी निर्णय गर्नुपर्ने भनी पटक–पटक बोलाइएकोमा पार्टीलाई नै निराश गर्ने गरी बैठकमा उपस्थित नभएको र निजले अध्यक्ष रञ्जिता श्रेष्ठलाई सम्बोधन गरी पठाइएको स्पष्टीकरण पत्र चितबुझ्दो नभएकाले, नागरिक उन्मुक्ति पार्टीको अन्तरिम विधान २०७८ धारा १७ (क) को २, ४ र ५ बमोजिम कार्यगरेकोले पार्टीको केन्द्रीय कमिटिको मिति चैत ३० गतेको निर्णय बमोजिम निजलाई तीन महिनाको लागि निलम्बन गरिएको व्यहोरा जानकारी गराउँदछु,’ सूचनामा भनिएको छ ।

उन्मुक्तिमा अहिले पार्टी अध्यक्ष रञ्जिता र पार्टी संरक्षक रेशम चौधरी पक्षबीच विवाद छ । सुदूरपश्चिम सरकारको विषयमा भएको विवादका कारण अहिले अध्यक्षले धमाधम रेशम पक्षका नेताहरुलाई कारबाही थालेकी हुन् ।

यसअघि समानुपातिकबाट प्रदेश सांसद इन्दिरा गिरीलाई पनि फिर्ता बोलाउने निर्णय अध्यक्ष रञ्जिताले गरेकी थिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर