लुम्बिनीका मुख्यमन्त्री महराले पाए विश्वासको मत

लुम्बिनीका मुख्यमन्त्री जोखबहादुर महराले विश्वासको मत पाएका छन् । आज बसेको प्रदेशसभाको बैठकमा महरा पेस गरेको प्रस्ताव बहुमतले पारित भएको हो ।

शुक्रबार प्रदेशसभामा कायम ८६ सदस्यमध्ये मुख्यमन्त्रीको पक्षमा ४८ र विपक्षमा २८ जनाले मतदान गरेका थिए । महरालाई माओवादीका साथै एमाले, नागरिक उन्मुक्ति, जसपा, एकीकृत समाजवादी र स्वतन्त्र सांसदले समर्थन गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर