सुदूरपश्चिम मुख्यमन्त्री नागरिक उन्मुक्तिलाई दिने गठबन्धनमा सहमति

सत्ता गठबन्धनले सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व नागरिक उन्मुक्ति पार्टीलाई दिने निर्णय गरेको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा उन्मुक्तिलाई मुख्यमन्त्री दिने सहमति भएको हो ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी शर्मा ओली, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल र उन्मुक्तिकी अध्यक्ष रञ्जिता श्रेष्ठ सहभागी थिए । सहमतिअनुसार दुई वर्ष उन्मुक्तिले र त्यसपछि एकीकृत समाजवादीले सरकारको नेतृत्व गर्ने भएका छन् ।

उन्मुक्तिमा प्रदेश सरकारको नेतृत्व कसले गर्ने भन्ने विवाद छ । अध्यक्ष रञ्जिता संसदीय दलका नेता कैलाश चौधरी र पार्टी संरक्षक रेशम चौधरी लक्ष्मणकिशोर चौधरीलाई मुख्यमन्त्री बनाउनुपर्ने पक्षमा छन् ।

मुख्यमन्त्रीमा दाबी आज साँझ ५ बजेसम्म गरिसक्नुपर्ने छ । ५३ सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि २७ सांसदको समर्थन चाहिन्छ । गठबन्धनका दलहरुमध्ये माओवादीका सभामुखसहित ११, एमालेका उपसभामुखसहित १०, उन्मुक्तिका ७, एकीकृत समाजवादीका ४ सांसद छन् । उन्मुक्ति १ समानुपातिक सांसद पद भने खाली छ । स्वतन्त्र सांसद तारा जोशी गठबन्धनले सहयोग मागे समर्थन गर्ने मनसायमा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *