सिख समुदायको वैसाखी पर्वमा राजदूत अधिकारी सहभागी

पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीले सिख समुदायको वैसाखी पर्वमा सहभागी भएका छन् ।

पाकिस्तान सिख गुरुद्वारा प्रबन्धक समितिको निमन्त्रणामा सोमबार हसन अब्दालको गुरुद्वारा श्री पुन्जा साहिबमा विशेष अतिथिका रूपमा राजदूत अधिकारी सहभागी भएको दूतावासले जनाएको छ ।

उक्त गुरुद्वारामा सिख धर्मको पहिलो गुरु गुरु नानक देव जीको छाप रहेको र सिख धर्मको लागि धेरै विशेष स्थानमा पर्छ । खालसा पन्थको स्थापना दिवसको सम्झनामा सिख समुदायले मनाउने विशेष दिन बैसाखी हो ।

सिख धर्मका दशौं गुरु गुरु गोविन्द सिंहले सन् १६९९ को बैसाखीको दिन आनन्दपुरमा खालसा व्यवस्थाको स्थापना गरेका थिए भने सन् १८०१ मा बैसाखीको दिन पञ्जाबका राजा रञ्जित सिंहले महाराजा घोषणा गरेका थिए ।

गुरुद्वारा श्री पुन्जा साहिबमा आयोजित कार्यक्रममा विश्वका विभिन्न भागबाट ठूलो संख्यामा सिख भक्तजन सहभागी भएका थिए । गुरुद्वारामा आयोजित वैसाखी पर्वमा पाकिस्तानी हिन्दू समुदाय पनि सहभागी भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर