विराटनगरको रानी क्षेत्रमा तनाव, प्रहरीद्वारा हवाई फायर

दुई समुहको विवादले विराटनगर–१५ स्थित रानीमा तनाव सिर्जना भएको छ ।

विराटनगर महानगरपालिका–१५ का युवाले बृहत् मोटरसाइकल र्‍याली निकाल्ने तयारी गरेपछि अर्को समूहले अवरोध गर्न खोजेपछि विवादको अवस्था सिर्जना भएको हो ।

स्थिति नियन्त्रणका लागि प्रहरीले केही सेल अश्रुग्यास तथा हवाई फायर गरेको छ ।

अवस्था बिग्रन नदिन ठूलो संख्यामा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर