सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा आज (बिहिबार) सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला १ लाख ३९ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा ६ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ३८ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य पनि घटेको छ । तेजावी सुन तोलामा ६ सयले घटेर प्रतितोला १ लाख ३७ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको भाउ १० रुपैयाँले बढेर प्रतितोला १ हजार ७ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर