लुम्बिनीमा थपिए ६ मन्त्री

लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् विस्तार गरिएको छ । मुख्यमन्त्री जोखबहादुर महाराले एमालेबाट चार, नागरिक उन्मुक्ति पार्टीबाट एक र स्वतन्त्रबाट एक मन्त्री नियुक्त गरेका हुन् ।

दिनेश पन्थी, खड्ग बस्नेत, धर्मबहादुर चौधरी, अर्जुनकुमार केसी, भूमिश्वर ढकाल र रत्नबहादुर खत्रीलाई विनाविभागीय मन्त्री नियुक्ति गरिएको हो ।

उनीहरुले आज शपथ लिने भएका छन् । यससँगै लुम्बिनीको मन्त्रिपरिषद् १० सदस्यीय भएको छ ।

यसअघि एमालेका चेतनाथ आचार्य आर्थिक मामिला तथा योजनामन्त्री, माओवादीबाट दीपेन्द्रकुमार पुन स्वास्थ्य मन्त्री र जसपाबाट भण्डारीलाल अहिर कृषि तथा भूमि व्यवस्था मन्त्री बनिसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर