एन्फा उपाध्यक्ष दावा लामा रिहा

अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा रिहा भएका छन् । लागूऔषध मुद्दामा फरार रहेको भन्दै बुधबार पक्राउ परेका लामा आज रिहा भएका हुन् ।

उनले सर्वोच्च अदालतबाट पहिले नै तारेखमा राख्नु भन्ने आदेश लिएको पाइएपछि छोडिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

लागुऔषध मुद्दामा २०६२ जेठ १० मा काठमाडौँ जिल्ला अदालतले उनलाई ६ महिना कैद हुने फैसला गरेको थियो । तर, सरकार वकिल कार्यालयले उक्त फैसलाविरुद्ध उच्च अदालत पाटनमा पुनरावेदनमा गएको थियो ।

उच्च अदालतले उनलाई २०६४ जेठ २० मा खैरो हेरोइन कारोबार मुद्दामा दोषी ठहर गर्दै पाँच वर्ष कैद सजाय सुनाए पनि उनी फरार रहँदै आएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *