सुदूरपश्चिमको मुख्यमन्त्रीमा एसका सोडारीको दाबी पेस

सुदूरपश्चिमको मुख्यमन्त्रीमा एकीकृत समाजवादीको प्रदेश संसदीय दलका नेता दीर्घ सोडारीले दाबी पेस
गरेका छन् । उनले आज एमाले, माओवादी, नागरिक उन्मुक्ति पार्टीको समर्थनमा मुख्यमन्त्रीमा दाबी गरेका हुन् ।

सोमबार नागरिक उन्मुक्ति पार्टी (नाउपा) सांसदद्वय लक्ष्मणकिशोर चौधरी र कैलाश चौधरीको मुख्यमन्त्रीका लागि दाबी पेस गरेका थिए । तर दुईमध्ये कसैका पक्षमा पनि बहुमत सदस्य देखिएका थिएनन् ।

दुवै दाबी अस्वीकृत भएपछि प्रदेश प्रमुखले थप दुई दिनको समय दिएका थिए ।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा हाल ५२ जना सांसद छन् । कांग्रेसका १८, एमालेका १० र सभामुखबाहेक माओवादीका १०, नागरिक उन्मुक्तिका ७, एकीकृत समाजवादीका ४ र एक जना स्वतन्त्र सांसद छन् । सरकार गठनका लागि २७ सांसदको समर्थन आवश्यक पर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर