नाइजेरियाबाट आफ्ना सैनिक फिर्ता लैजान अमेरिका सहमत

संयुक्त राज्य अमेरिकाले नाइजरबाट आफ्ना सैनिकहरू फिर्ता बोलाउने भएको छ ।

अफ्रिकी राष्ट्रहरूमा मुख्यतया अमेरिका र पश्चिमा राष्ट्रपति आक्रोस बढीरहेको बेला अमेरिकाले आफना सैनिक फिर्ता गर्न मञ्जुर भएको हो ।

अमेरिकी उप विदेश सचिव कर्ट क्याम्पबेल र नाइजेरियाका प्रधानमन्त्री अली महामान लामाइन जेइनले शुक्रबार भेट गरेका थिए, जुन भेट पछि वाशिंगटनले सो देशबाट आफ्ना सेनाहरूलाई व्यवस्थित र जिम्मेवारीका साथ फिर्ता गर्ने योजना सुरु गर्न प्रतिबद्ध रहेको जनाएका थिए ।

अमेरिकाले नाइजरमा सशस्त्र समूहहरूसँग लड्नको लागि सैन्य आधार निर्माण गरेको थियो, सहेल क्षेत्रमा अल कायदा र आईएसआईएल (आईएसआईएस) बिरूद्द लडने जनाएका थिए । जुन मुद्दामा अमेरिकन सेना बुर्किना फासो र माली पनि रहेका छन ।

राजधानी नियामीबाट करिब ९२० किलोमिटर (५७२ माईल) टाढा रहेको अगाडेजको प्रमुख एयरबेसलाई मानवरहित र मानवरहित निगरानी उडान र अन्य सञ्चालनका लागि प्रयोग गरिदैँ आएको थियो।

एयर बेस २०१ को रूपमा चिनिन्छ, यो १०० मिलियन अमेरिकन डलर भन्दा बढी लागतमा निर्माण गरिएको थियो। २०१८ देखि यो आइएसआईएल लडाकुहरू र अल(कायदा समर्थित जमात नुसरत अल इस्लाम वाल मुस्लिमीनलाई लक्षित गर्न प्रयोग गरिएको थियो ।

अमेरिकी विदेश मन्त्रालयले जुलाई २०२४ देखि सैन्य शासनमा रहेको देश नाइजेरियाबाट करिब १ हजार सेना फिर्ता गर्न सहमत भएको अमेरिकी मिडियाले जनाएका छन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *