प्रहरीमा ३ डीआईजीका लागि प्रतिस्पर्धा, यी हुन् दाबेदार

नेपाल प्रहरीमा रिक्त रहेको ३ नायब महानिरीक्षक (डीआईजी) पदका लागि बढुवाको तयारी थालिएको छ ।

डीआईजीहरु उमेशराज जोशी र भीमप्रसाद ढकाललाई यही वैशाख ३ मा एआईजीमा बढुवाका लागि सिफारिस गरिएको थियो । यस्तै, डीआईजी विकासराज खनाल पनि उमेर हदका कारण अवकाशमा गएपछि ३ डीआईजी पद रिक्त भएको हो ।

एआईजीद्वय सन्दीप भण्डारी र मीरा चौधरी उमेर हदका कारण हालै अवकाशमा गएपछि उनीहरुको स्थानमा जोशी र ढकालको बढुवा सिफारिस गरिएको हो ।

रिक्त तीन डीआईजी पदमा बढुवाका लागि आईजीपी बसन्तबहादुर कुँवरका ब्याचीहरु कृष्णहरि शर्मा पोखरेल, भोला रावल, ध्रुव राउत दाबेदार छन् ।

यस्तै, एसएसपीहरु सिद्धिविक्रम शाह, सुशील सिंह राठौर, दानबहादुर कार्की, उमाप्रसाद चतुर्वेदी, गणेश चन्द, डा. मनोज केसी, राजन अधिकारी, जीवनकुमार श्रेष्ठ, हिमालयकुमार श्रेष्ठ, डम्बर बहादुर विक, ओमबहादुर राना, ईश्वर कार्की, राजेन्द्रप्रसाद भट्ट, दिनेशकुमार आचार्य, अरुण पौडेल पनि डीआईजी बढुवाका लागि दाबेदार हुन् ।

डीआईजी बढुवाका अन्य दाबेदारमा एसएसपीहरु दिल्लीराज विष्ट, मनोजकुमार यादव, रेवती ढकाल, दीपेन्द्र घर्ती क्षेत्री, गोविन्द थपलिया, माधव प्रसाद श्रेष्ठ, दीपक रेग्मी, दिलिप सिंह देउवा, विनोद घिमिरे, किसन सिंह थापा, सुदर्शन प्रसाद कोइराला, दीपककुमार बस्नेत, जयराज सापकोटा, सुरेन्द्रबहादुर गुरुङ, सञ्जीव शर्मा दास, लोकेन्द्र श्रेष्ठ, शारदा प्रसाद चौधरी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर