लुम्बिनीमा भागबण्डा मिलाउन मुख्यमन्त्री महरालाई सकस, अझै मन्त्री थप्न दबाब

लुम्बिनीमा प्रदेशमा विना विभागीय मन्त्रीहरूलाई मन्त्रालयको जिम्मेवारी दिन मुख्यमन्त्री जोखबहादुर महरालाई सकस परिरहेको बेला दलहरू अझै मन्त्री थप्न दबाब दिइरहेका छन् ।

लुम्बिनी प्रदेशमा ७ जना विना विभागीय मन्त्री छन् । वैशाख ६ गते नियुक्त भएका विना विभागीय मन्त्रीहरूले अहिलेसम्म मन्त्रालयको जिम्मेवारी पाउन नसकेका हुन् ।

कृषि मन्त्रालयको जिम्मेवारी पाएका जसपाका भण्डारीलाल अहिरले राजीनामा आइतबार दिएका छन् । जसपाले थप एक मन्त्रालय माग गरे पनि नपाएपछि अहिरलाई फिर्ता बोलाइएको जसपामा लुम्बिनी प्रदेश अध्यक्ष अशोक यादवले रातोपाटीलाई बताए ।

अध्यक्ष यादवले सरकार गठन गर्ने बेलामा जसपालाई दुई मन्त्रालय दिने सम्झौता भएको दाबी गरे । यस्तै नागरिक उन्मुक्ति पार्टीबाट धर्मबहादुर चौधरी विना विभागीय मन्त्री बने पनि उसले थप एक मन्त्रालय माग गरिरहेको छ ।

नागरिक उन्मुक्ति पार्टीका लुम्बिनी प्रदेश सभा सचेतक नरमाया ढकालले सरकार गठन गर्ने बेलामा दुई वटा मन्त्री दिने आश्वासन दिइएको बताउँदै अहिले नियुक्त भएका चौधरीलाई तुरुन्तै भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी दिनुपर्ने र अर्को एक जनालाई मन्त्री नियुक्त गर्नुपर्ने अडान रहेको बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *