शिक्षाका लागि विश्वव्यापी कार्य सप्ताह सुरु

शिक्षाका लागि विश्वव्यापी कार्य सप्ताह सुरु भएको छ । अप्रिल २२ देखि अप्रिल २६ (वैशाख १० देखि १४) सम्म नेपाल लगायत विश्वका १५० भन्दा बढी मुलुकमा कार्य सप्ताह मनाउन लागिएको हो ।

नेपालमा शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसिई नेपाल) ले कार्य सप्ताहमा विविध कार्यक्रम सुरु गरेको छ । कार्य सप्ताह अन्तर्गत आज दिउँसो माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ ।

विद्यालय र सिकाइ केन्द्रहरूमा अनलाइन शिक्षा, विद्यालयको पाठ्यक्रममा समसामयिक पुनर्विचार तथा परिमार्जन र शिक्षालाई दैनिक जीवनसँग जोड्दै गुणस्तरीय, समावेशी, जीवन उपयोगी शिक्षामा जोड दिइने अभियानले जनाएको छ ।

सीप सम्म शिक्षा जोड्दै यसमा नवप्रवर्तन गरिनुपर्ने र शैक्षिक रूपान्तरणका लागि तीनै तहका सरकारले आगामी वर्षको नीति, कार्यक्रम तथा बजेटमा शिक्षालाई प्राथमिकतामा राख्नुपर्दछ भन्ने मान्यतालाई विश्वव्यापी कार्य सप्ताहको अवसरमा गरिने अभियान मार्फत उजागर गरिने एनसीईले जनाएको छ ।

खासगरी कोभिड महामारीबाट शिक्षा र सिकाइमा भएको क्षति पश्चात् संयुक्त राष्ट्रसङ्घले आयोजना गरेको रूपान्तरणकारी शिक्षा सम्मेलनमा नेपाललगायत विश्वका विभिन्न १३० राष्ट्रहरूले आ-आफ्नो देशको शिक्षालाई रूपान्तरण गरी शिक्षा प्रणालीलाई सुधार गर्ने र सङ्कटमा परेको शैक्षिक सिकाइ कार्यलाई तीव्रताका साथ अगाडि बढाउन प्रतिबद्धता जनाएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर