मोटरसाइकल दुर्घटनामा झापामा ३ जनाको मृत्यु

झापामा मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । आज बिहान ५ बजे झापाको शिवसताक्षी–८ झिलझिलेमा मे ३ प ५००१ नम्बरको मोटरसाइकल प्र.१–०१–००१ च ९३२९ नम्बरको जीपसँग ठोक्किएको हो ।

मृत्यु हुनेमा झापाको कमल गाउँपालिका–४ का २५ वर्षीय मौसम राई, २० वर्षीय युनिक भण्डारी र १७ वर्षीय सरोज रेग्मी छन् । गम्भीर घाइते भएका उनीहरुलाई बिएन्डसी मेडिकल कलेज लगिएकोमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी डिएसपी कृष्णकुमार चन्दले बताए ।

जिपका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर