कृषिमा कायापलट ल्याउन अबको १५ वर्ष कृषिलाई प्राथमिकता दिन जरुरीः कृषिमन्त्री साह

कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले कृषि क्षेत्रमा कायापलट ल्याउन अबको १५ वर्ष कृषिलाई प्राथमिकता दिनुपर्ने बताएकी छन् ।

बुधबार प्रतिनिधि सभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति बैठकमा बोल्दै कृषिमन्त्री ज्वालाले ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय, अर्थ मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले समेत प्रमुख प्राथमिकता कृषिलाई दिए अबको १५ वर्षमा कृषि क्षेत्रमा कायापलट हुने दाबी गरिन् ।

कृषि क्षेत्रमा धेरै समस्या र चुनौतीहरु रहेको भन्दै त्यसलाई सुधार गर्न जरुरी रहेको भन्दै आफू त्यो कार्यमा जुटेको पनि मन्त्री साहको भनाइ छ । उनले कृषिलाई प्राथमिकता दिँदा आम जनतामा सुखको अनुभुति हुनुको साथै मुलुक समेत समृद्धिको बाटोमा जाने दाबी गरिन् । मन्त्री साहले कृषि मन्त्रालयसँग १२ करोड बजेट भए पनि कृषि क्षेत्रबाट आएको माग साढे १६ अर्बको बराबरको रहेको बताइन् ।

थोरै बजेटले कृषि क्षेत्रको सुधार गर्न सक्ने अवस्था नभएको उनको भनाइ छ । साहले कृषि क्षेत्रका समस्या समाधान र प्राथमिकताको लागि अर्थमन्त्रीसँग कृषिमा बजेट थप गर्न माग गरिरहेको जानकारी दिइन् । मन्त्री साहले सरकारले वास्तविक किसानको परिचयपत्र तत्कालै वर्गीकरण गरी किसान परिचय पत्र तत्कालै व्यवस्था गर्ने प्रतिबद्धता जनाइन् । उनले पछिल्लो समय दूध, पशुबीमालगायतका समस्या बजेट अभावको कारणले भइरहेको बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर