कर्णालीमा एमाले र माओवादीका ६ मन्त्री नियुक्त

कर्णाली प्रदेशमा ६ जना मन्त्री नियुक्त भएका छन् । मुख्यमन्त्री यामलाल कँडेलले आज एमालेका ३ र माओवादीका ३ जनालाई मन्त्री नियुक्त गरेका हुन् ।

कँडेल गत चैत २७ मा मुख्यमन्त्री बने पनि माओवादीको असन्तुष्टिका कारण सरकार विस्तार गर्न सकेका थिएनन् ।

माओवादीबाट आर्थिक मामिला तथा योजना मन्त्रीमा महेन्द्र केसी, सामाजिक विकास मन्त्रीमा वीरबहादुर शाही, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रीमा दुर्गाबहादुर रावत र जलस्रोत तथा ऊर्जा विकास मन्त्रीमा रनसिंह परियार नियुक्त भएका छन् । परियार यसअघि नै विनाविभागीय मन्त्री नियुक्त भइसकेका थिए ।

त्यस्तै एमालेबाट भौतिक पूर्वाधार तथा सहरी विकास राज्यमन्त्रीमा गमता विक, भौतिक पूर्वाधार मन्त्रीमा शेरबहादुर बुढा र भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा विनोदकुमार शाह नियुक्त भएका छन् । उनीहरूलाई मंगलबार नै प्रदेश प्रमुखले तिलक परियारले शपथ गराएका छन् ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालय भने मुख्यमन्त्री कँडेलले नै सम्हालेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर