काठमाडौंमा तीन दिने जापानी खाना ‘उत्सव’ हुँदै

जापानी खाना र पिय पदार्थका पारखीलाई लक्षित गरी काठमाडौंमा तीन दिने ‘उत्सव’ हुने भएको छ।

र्याडिसन होटल परिसरस्थित होक्काइदो रेष्टुरेन्टले वैशाख २८, २९ र ३० गते (मे १०, ११ र १२ मा) हुने उत्सव गर्न लागेको हो।

तीन दिन साँझ ६ः३० देखि ९ः३० बजेसम्म सञ्चालन हुने जपानी खाना, पिय र संगीतको उत्सवमा काठमाडौंमा रहेका पारखीले फरक स्वाद लिन सक्ने सञ्चालक अर्जुन अधिकारीले जानकारी दिए। आयोजकले उत्सवलाई नेपालमा ‘इजाकायाको उत्कृष्ठ अनुभव अवसर’ भनेको छ।

‘इजाकाया’ जापानको परम्परागत र लोकप्रिय अभ्यास हो, जहाँ दिनभरको कामपछि मानिसहरु पिय र खानाका लागि जम्मा हुन्छन्। सञ्चालक अधिकारीले जपानको त्यही लोकप्रिय अभ्यास नेपालीबीच पु¥याउन र जापानी खानाको स्वाद, सुगन्ध र सजावटको आनन्द दिन उत्सव आयोजना गरिएको जानकारी दिए।

उत्सवमा खानाको परिकारअनुसार प्रति व्यक्ति ४४ सय, २७ सय र १७ सयको गरी तीन प्रकारका मेनु राखिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर