सर्वोच्चको आदेशः गृहमन्त्री र महान्यायाधिवक्ताविरुद्धको रिट दर्ता गर्नू

सर्वोच्च अदालतले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र महान्यायाधिवक्ता डा. दिनमणि पोखरेलविरुद्धको रिट दर्ता गर्न आफ्नो प्रशासनलाई आदेश दिएको छ ।

न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले रिट दर्ता गर्न आदेश दिएको हो । अधिवक्ता अनुपम भट्टराईले रिट दिए पनि सर्वोच्चको प्रशासनले दर्ता र्न अस्वीकार गरेको थियो ।

सर्वोच्चको आदेशपछि अब रिट दर्ता हुने भएको छ । रिटमा महान्यायाधिवक्ता कार्यालयबाट गृहमन्त्री लामिछानेको नाममा जारी भएको पत्रको वैधतामाथि प्रश्न उठाउँदै पत्र बदर गर्न माग गरिएको छ ।

केही दिनअघि गृहमन्त्री लामिछानेले आफूविरुद्ध कुनै अनुसन्धान वा अभियोजन नभएको महान्यायाधिवक्ताको कार्यालयले जनाएको भन्दै पत्र सार्वजनिक गरेका थिए । रिटमा यस्ता पत्रहरु जारी नगर्नु भनी महान्यायाधिवक्ता कार्यालयको नाममा आदेश जारी गर्न माग पनि गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *