सरकार पेलेरै जान्छ भने चुनौती सामना गर्न कांग्रेस तयार छः नेता सिटौला

कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले प्रतिपक्षले जनताको आवाज उठाउँदा सरकारले पेलेर जाने भए कांग्रेस चुनौती सामना गर्न तयार रहेको बताएका छन् ।

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले सरकारले जनताको हितमा काम गर्नुपर्ने र प्रतिपक्षले जनताका आवाज उठाउनुपर्ने बताए । जनताका हितमा काम नगर्ने सरकार र जनताका आवाज नउठाउने प्रतिपक्ष छिटै सकिने जिकिर सिटौलाको थियो ।

उनले प्रतिपक्ष दलहरुले संसदमा उठाएका आवाजलाई सरकारले नजरअन्दाज गरे उक्त प्रवृत्तिलाई सामना गर्न कांग्रेस तयार रहेको बताए । सरकार पेलेर जाने हो भने कांग्रेस सहेर नबस्ने चेतावनी पनि उनले दिए ।

‘कांग्रेसले आफू मात्रै अन्याय भएको महशुस गरेको छैन, आम जनतामा अन्याय भएको कुरा कांग्रेसले उठाएको छ,’ उनले भने ।

नेता सिटौलाले प्रदेश सरकारलाई संविधानले दिएको अधिकार कार्यान्वयन गर्न कानून नै बन्न नसकेको बताए । उनले कानून संघीय संसद बनाउनुपर्ने भए पनि प्रदेश लक्षित बन्न नसकेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *