गृहमन्त्रीलक्षित रामकुमारीको टिप्पणीः सहकारीको पुँजी अपचलन गरेर अवस्था बदलिँदैन

एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले सहकारीमा जम्मा गरेका मानिसको पुँजीलाई अपचलन गरेर अवस्था नबदलिने बताएकी छन् ।

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेप्रति इंगित गर्दै अर्बौं सहकारीमा जम्मा गरेका मानिसहरुको पुँजीलाई अपचलन गरेर अवस्था बदल्न नसकिने जिकिर गरिन् । मिडियामा आएर उफ्रिएर अवस्था नबदलिने उनको भनाइ थियो ।

झाँक्रीले शक्तिमा आएर शक्तिको दुरुपयोग गरेर व्यक्तिमाथि जाइलाग्नुले राम्रो सन्देश नजाने बताइन् । व्यक्ति राज्यसँग लड्न नसक्ने भन्दै कान्तिपुर मिडियाका अध्यक्ष कैलाश सिरोहियालाई सरकारले व्यक्तिगत रिसिइबीमा पक्राउ गरेको उनको भनाइ थियो । उनले समाचार लेखेबापत पक्राउ गर्नु भनेको अपराधी, दोषीलाई कारबाही गर्न लिएको बुझन नसकिने बताइन् ।

‘अवस्था बदल्न पुँजी चाहिन्छ । ठगेर खाएर पुँजी हुँदैन । अर्बौं सहकारीमा जम्मा गरेका मानिसहरुको पुँजीलाई अपचलन गरेर अवस्था बदलिँदैन, झनै खराब हुन्छ । मिडियामा आएर उफ्रिएर अवस्था बदलिँदैन,’ उनले भनिन् ।

उनले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेप्रति इंगित गर्दै छानबिन गर्न दिएर आफ्नो निर्दोषिता प्रमाणित गर्ने अवसर अझै बाँकी रहेको बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *