दाँत माझ्दा कस्ता कुरामा ध्यान दिने ?

मानिसको मुस्कानले उसको सुन्दरतालाई झन् बढाउँछ । यसका लागि दाँतको सुन्दरता निकै महत्वपूर्ण हुन्छ । त्यसैले दाँतको सफाइमा ध्यान दिनुपर्छ । दाँत स्वस्थ हुन ब्रस गर्नुपर्छ । तर, ब्रस गर्ने सही तरिका के हो ? त्यो भने जान्नु जरुरी हुन्छ । त्यसैले यस्ता कुरामा ध्यान दिनुहोस् ।

ब्रसमा थोरै मञ्जन लगाउनुहोस्

ब्रसमा मञ्जन थोरै राख्दा नै काफी हुन्छ । धेरै मञ्जन लगाउनु भनेको खेर फाल्नुमात्र हो । धेरै मञ्जनले दाँत चम्काउँने होइन । मञ्जन धेरै हाल्नाले दाँतमा फ्लोराइड जम्छ र राम्ररी सफा नगर्ने हो भने दाँतमा सेता र काला धब्बा देखिन सक्छन् ।

कसरी ब्रस गर्ने ?

आफ्नो ब्रसलाई गिजाबाट ४५ डिग्रीको एंगलमा राख्नुहोस्, गम लाइनबाट टाढा राखेर ब्रस गर्नुहोस् । पहिले माथिको दाँत र त्यसपछि तल्लो लहरको दाँत ब्रस गर्नुहोस् । ब्रसलाई गोलो आकार दिँदैं दाँतमा घुमाउनुहोस् ।

राम्ररी ब्रस गर्नुहोस्

ब्रस गर्दा हात हल्का बनाउनुहोस् । दाँतबाहिर, भित्र र चपाउने बंगारामा सफा गर्नुहोस् । दाँतलाई भित्रबाट सफा गर्न ब्रसलाई माथि तल गरेर पल्टाउनुहोस् ।

जिब्रोको सफाइ

दाँतसंगै जिब्रो पनि सफा गर्नुहोस्। जिब्रो सफा गर्न टङ क्लिनरको प्रयोग गर्न सक्नुहुनेछ । यसबाट जिब्रोको ब्याक्टेरिया र श्वास गन्हाउने समस्या हट्छ ।

हरेक तीन महिनामा ब्रस बदल्नुहोस्

ब्रस गरेपछि पानीले राम्ररी कुल्ला गर्नुहोस् र धोएर राख्ने गर्नुहोस् । दन्तरोग विशेषज्ञका अनुसार तीन महिनामा ब्रस बदल्नुपर्छ ।

कम्तीमा दुई मिनेटसम्म ब्रस गर्नुहोस्

यदि तपाईंको बिहान हतारमा ब्रस गर्ने बानी छ भने यसो नगर्नुहोस् । कम्तीमा दुई मिनेट ब्रस गर्नु निकै आवश्यक छ । दुई मिनेट ब्रस गर्दा दाँत स्वस्थ राख्न मद्दत मिल्छ ।

तीनपटक भन्दा बढी ब्रस नगर्नुहोस्

दिनमा दुई पटक ब्रस गर्नु फाइदाजनक हुन्छ । जब राती सुतेपछि ब्रस गर्दा मुखमा ब्याक्टेरिया सजिलैसंग आक्रमण गर्न सक्छ । यसबाट बच्न राती ब्रस गरेर सुत्नुहोस् र बिहान ब्रेकफास्टभन्दा पहिले गर्नुहोस् । दिउँसो लन्च गर्नुअघि ब्रस गर्न सक्नुहुन्छ । तर, दैनिक तीनपटकभन्दा बढी ब्रस गर्नुहुन्न । धेरैपटक ब्रस गर्दा गिजामा नोक्सान पुग्न सक्छ ।

कस्तो ब्रस प्रयोग गर्ने

ब्रस जहिले पनि नरम प्रयोग गर्नुपर्छ । कडा ब्रस प्रयोग गर्दा गिजामा असर र चोट पर्न सक्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *