संसद बाहिरबाट बजेट ल्याउने सोच छैन : अर्थमन्त्री पुन

अर्थमन्त्री वर्षमान पुनले संसद बाहिरबाट बजेट पेस गर्ने सोच नभएको बताएका छन्। आइतबार प्रतिनिधि सभा बैठकपछि संसद भवन बाहिर सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै उनले सरकारले संविधानको दिशानिर्देशअनुसार नै संसदमा शान्तिपूर्ण ढङ्गले बजेट पेस गर्ने तयारी रहेको बताए।

अर्थमन्त्री पुनले बजेटमा बेलाबेलामा राजनीति भएकाले संसदमा बजेट पेस गर्न नसक्ने भएपछि जेठ १५ गते गणतन्त्र दिवसकै दिनमा बजेट ल्याउन संवैधानिक व्यवस्था गरेको बताए।

उनले संविधानले लिएको कार्यादेशअनुसार जेठ १५ गते संसदमा बजेट पेश गरिने बताए। उनले प्रमुख प्रतिपक्षको मागलाई सरकारले सम्बोधन गर्दासमेत संसद अबरुद्ध गर्ने काम अशोभनीय भएको बताए।

कांग्रेसले संसद खोल्न नचाहेको उनको आरोप छ। उनले संसदीय छानबिन समिति व्यक्तिकेन्द्रित नहुने बताए। उनले कुनै व्यक्तिलाई पहिला नै दोषी ठहर गरेर समिति बनाउने पक्षमा सरकार नरहेको उल्लेख गर्दै समितिको छानबिनबाट दोषी भए जोकोहीलाई कारबाही सरकारले गर्ने बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *