कैलाश सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न अनुमति

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालतले अनुमति दिएको छ ।

अदालतका न्यायाधीश यदुराज शर्माको एकल इजलासले सिरोहियालाई थप तीन दिन हिरासतमै राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।

उच्च रक्तचाप र मुटुसम्बन्धी समस्या देखिएपछि सिरोहिया प्रहरीको निगरानीमा तीन दिनदेखि काव्या अस्पताल उपचाररत छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *