प्रधानसेनापति शर्मा र राष्ट्रसङ्घका सैनिक सल्लाहकारबीच भेट
प्रधानसेनापति प्रभुराम शर्मा र संयुक्त राष्ट्रसङ्घ मुख्यालका सैनिक सल्लाहकार जनरल बिरामे डिओपबीच भेटवार्ता भएको छ ।
सैनिक मुख्यालय जङ्गी अड्डामा उनीहरूबीच भएको भेटमा नेपाली सेनाले विश्व शान्ति स्थापनामा पुर्याएको योगदानबारे छलफल भयो । उनीहरूबीच आगामी दिनमा नेपाली शान्ति सैनिकको आवश्यकता र सहभागिताबारे समेत विचारविमर्श भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
सो अवसरमा जनरल डिओपले नेपाली शान्ति सैनिकले विभिन्न शान्ति मिसनमा रही पुर्याएको योगदानको उच्च प्रशंसा गर्दै आगामी दिनमा पनि सोको निरन्तरता हुने विश्वास व्यक्त गरे ।
प्रधानसेनापति शर्माले संयुक्त राष्ट्रसङ्घबाट हालसम्म प्राप्त सहयोगका लागि धन्यवाद ज्ञापन गर्दै सेना अझ पेसेवर रूपमा प्रभावकारी ढङ्गबाट शान्ति मिसनहरूमा खटिने प्रतिबद्धता व्यक्त गरे ।
राष्ट्रसङ्घ स्थापना दिवसका अवसरमा नेपाली सेनाले आयोजना गरेको दुई दिने विशेष कार्यक्रममा सहभागी हुन उनी नेपाल आएका हुन् । राष्ट्रसङ्घका उच्चस्तरीय प्रतिनिधिको भ्रमण र भेटले नेपाली शान्ति सैनिकले विश्व शान्ति स्थापनामा पुर्याएको योगदानको अन्तर्राष्ट्रिय जगतबाट उच्च मूल्याङ्कन हुने सेनाले विश्वास लिएको छ ।
- नेता खतिवडाको प्रश्न- देशको सञ्चार क्षेत्रलाई विकास गर्ने मुल नीति के हो?
- सार्वजनिक सेवा प्रशारण फेरि मन्त्रालयको हालीमुहाली हुनेगरी अघि बढेको छ : नेता रिजाल
- विपद्का लागि सातै प्रदेशमा एयर एम्बुलेन्स जरुरी छ : गृहमन्त्री लामिछाने
- एक वर्षमा विपद्बाट १ अर्ब २३ करोड रुपैयाँ बराबरको क्षति भएको सरकारको आँकलन
प्रतिक्रिया