श्रीलंकाका अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी दानुष्का बलात्कार आरोपमा पक्राउ

श्रीलंकाका अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी दानुष्का गुनाथिलाका बलात्कार आरोपमा पक्राउ परेका छन्। टी–२० विश्वकप खेल्न गएका गुनाथिलाका अष्ट्रेलियाको सिड्नीबाट पक्राउ परेको सीएनएनले जनाएको छ।

शनिबार श्रीलंकाले टी–२० विश्वकपमा इंग्ल्याण्डसँगको खेल हारेको केही घण्टापछि उनी पक्राउ परेका हुन्। उनले शनिबार राति एक होटलमा २९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोप छ।

आइतबार सिड्नीमा भएको पत्रकार सम्मेलनमा न्यू साउथ वेल्सका प्रहरी कमाण्डर जेने डोहर्टीले ३१ वर्षीय गुनाथिलाविरुद्ध २९ वर्षीया युवतीलाई सहमतिबिना चार पटकसम्म बलात्कार गरेको मुद्दा दर्ता भएको बताए। उनले बलात्कारसँगै युवतीलाई कुटपटिसमेत गरेको आरोप रहेको डोहर्टीले बताए।

प्रहरीले जमानत दिन अस्वीकार गरेपछि श्रीलंकाका खेलाडीहरू उनी बिना नै आइतबार स्वदेश फर्किएका छन्। अब नोभेम्बर ७ मा उनलाई डाउनिङ सेन्टरको स्थानीय अदालतमा पेस गर्ने प्रहरीले जनाएको छ।

गुनाथिलाका ह्यामस्ट्रिङको चोटका कारण टी–२० विश्वकपको पहिलो चरणबाट बाहिरिएका थिए। उनको स्थानमा एशेन बन्दाराले खेलेका थिए। तर पनि उनी अष्ट्रेलियामै रहेका थिए।

नोभेम्बर २०१५ मा आफ्नो अन्तर्राष्ट्रिय डेब्यू गरेदेखि उनले श्रीलंकाका लागि ८ टेस्ट, ४७ एकदिवसीय र ४६ टी–२० खेलेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *