खाद्य सामग्रीको उत्पादन र वितरणमा भइरहेको विभेद अन्त्य गर्नुपर्छ : परराष्ट्रमन्त्री पौड्याल

परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालले अन्तर विषयगत मन्त्रालयको समन्वय नहुँदा समयमै पूरा गर्नुपर्ने परियोजनाहरू नसकिएको बताएकी छन्। शुक्रबार विश्व भोकमरी रिपोर्ट सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्।

उनले कतिपय नीतिमा समस्या भएका कारण पनि समयमै सकिनुपर्ने कामहरू पूरा हुन नसकेको बताइन्। उनले नीति र बजेटहरूमा सरकारको समन्वयात्मक व्यवस्थापन हुन नसक्दा पनि समस्या आइरहेको बताइन्।

मन्त्री पौड्यालले नेपाल भौगोलिक विविधताका कारण विश्वमा उब्जनी नहुने उत्पादनहरू पनि उब्जाउन सक्ने क्षमताको भए पनि भौगोलिक विविधताको आवश्यक प्रयोग गर्न असफल भइरहेको बताइन्। उनले मानव स्रोतको विविधतालाई पनि नेपालले सही सदुपयोग गर्न नसकिरहेको बताइन्।

मन्त्री पौड्यालले खाद्य उत्पादन र वितरणमा विभेद हुनाले भोकमरीको समस्या समाधान गर्न नसकिएको बताइन्। उनले कोहीलाई खानु नहुने र पर्यात्प खान पाउने अवस्था रहे पनि कोही भने खान नपाएर मरिरहनुपरेको अवस्था रहेको बताइन्।

उनले खाद्य सामग्रीको उत्पादन र वितरणमा भइरहेको विभेदलाई अन्त्य गर्नुपर्ने बताइन्। उनले स्थानीय खाद्य सामग्रीहरू सहजै हाटबजारमा पाउने व्यवस्थापन गर्न आवश्यक रहेको बताइन्। उनले नेपालमा फुड हेबिटलाई पुरानै अवस्थामा फर्काउन जरुरी रहेको बताइन्। मन्त्री पौड्यालले फुड हेबिटलाई पुरानै अवस्थामा फर्काउन नेपालमा ठूलो क्याम्पियन चलाउन जरुरी रहेको बताइन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *