रास्वपाका सबै सांसद भए केन्द्रीय सदस्य
१३ मंसिर २०८० १४:५३
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सबै सांसद पार्टीको केन्द्रीय सदस्य भएका छन् ।
महोत्तरीको जलेश्वरमा आज बसेको रास्वपाको संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकले १५ जना सांसदलाई केन्द्रीय सदस्यमा मनोनित गर्ने निर्णय गरेको हो । पार्टीका छ जना सांसद यसअघि नै केन्द्रिय सदस्य थिए । उक्त निर्णयपछि पार्टीमा केन्द्रीय सदस्यको सङ्ख्या ५४ पुगेको छ ।
पार्टीका उपसभापति एवं प्रतिनिधिसभा सदस्य डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका १५ सदस्यलाई पार्टीको केन्द्रीय सदस्यमा मनोनित गरिएको जानकारी दिए । बैठकमा पार्टीको पदाधिकारी चयन र महाधिवेशनको प्रक्रियाबारे छलफल भएको थियो ।
- वास्तविक खर्चको १० प्रतिशत मात्र आकार बढाएर नयाँ बजेट ल्याउन अर्थमन्त्रीलाई महासंघको सुझाव
- उपप्रधानमन्त्री लामिछानेलाई संसदमा बोल्न दिन काँग्रेसमाथि सत्तारुढ प्रमुख तीन दलको दबाब
- नीति तथा कार्यक्रम कार्यान्वयन हुनेगरी बजेट आउँछ : अर्थमन्त्री पुन
- अशोक राई नेतृत्वको जसपा दर्ता यथास्थितिमा राख्न सर्वोच्चको आदेश
प्रतिक्रिया