पूर्वाधार क्षेत्रमा लगानी भित्र्याउँदै तरलता घटाउँछौं : अर्थमन्त्री

अर्थमन्त्री जनार्दन शर्माले पूर्वाधार क्षेत्रमा लगानी भित्राएर तरलतालाई कम गर्दै लगिने बताएका छन् ।

आइतबार काठमाडौंमा आयोजित आइएमई लिमिटेडको २२ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले पूर्वाधार क्षेत्रमा लगानी भित्राएर र भएको पुँजि परिचालन गरेर तरलतालाई कम गर्दै लगिने बताएका हुन् ।

उनले केही नीतिगत कुराले पनि तरलतामा असर गरेको भन्दै नीतिगतरुपमा पनि आवश्यक सुधार गरिने बताए । उनले नीतिगत सुधार गर्दा व्यवसायीहरुको मागलाई पनि ध्यान दिइने बताए ।

अर्थमन्त्री शर्माले आगामी आर्थिक वर्षको बजेटले नेपालको प्राकृतिक स्रोतको परिचालन गरेर विदेशी मुद्रा भित्राउने लक्ष्य राखेको बताए । उनले उत्पादन वृद्धि गरेर निर्यात गरी विदेशी मुद्रा आर्जन गरिने उल्लेख गरे ।

मन्त्री शर्माले सेवा निर्यातलाई पनि प्राथमिकतामा राखिएको बताए ।

उनले श्रमयोग्य जनक्तिलाई उनीहरुको चाहाना अनुसारको तालिम दिएर योग्य जनशक्ति बनाइने बताए । मन्त्री शर्माले व्यापार घाटालाई सन्तुलनमा ल्याउन उत्पादनमा आधारित कर्मलाई अगाडि बढाउनुपर्ने र आत्मनिर्भर हुनुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर