एसपीपीको उद्देश्य स्पष्ट हुनुपर्छ : देवेन्द्रराज कँडेल

नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कँडेलले अमेरिकाद्वारा प्रस्तावित स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)को उद्देश्य स्पष्ट हुनुपर्ने बताएका छन् ।

बुधबार नयाँबानेश्वरस्थित संघीय संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै सांसद कँडेलले सो सम्झौतामार्फत अमेरिकी सेनाको रणनीतिक उद्देश्य हो भने अघि बढाउन नहुने बताएका हुन् ।

उनले अमेरिकी सेना नेपाल आउने र उनीहरुकै नियम, कानुनको अधीनमा चल्ने भए सो सम्झौता अगाडि बढाउन नहुने बताए ।

उनले भने, ‘हामीले अमेरिकी सेनालाई यहाँ ल्याउने उनीहरुको केही रणनीतिक उद्देश्य हो भने त्यसले राम्रो गर्दैन । होइन, सेनाहरुको तालिमका लागि एक आपसी सद्भावका साथ आउने, जाने फरक कुरो हो । हिजोको दिनमा एमसीसीको विषयमा जुन किसिमले चर्चा चल्यो । बहस चल्यो । र त्यो बहशमा अमेरिकी सेनाहरु पनि यहाँ आउछन् र उनका नियम, कानुन विभिन्न कुराहरु जुन उठेका थिए । यदि त्यो हो र त्यसअन्तर्गत आउँछ भने यो राम्रो होइन । त्यसमा मेरो सहमति छैन ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर