नागरिकता विधेयकबारे गृहमन्त्री खाणले गरे प्रचण्डसँग छलफल

संसद्मा पेश भएको ‘नेपाली नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक’ बारे गृहमन्त्री बालकृष्ण खाणले सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छलफल गरेका छन् ।

ललितपुरको खुमलटारस्थित प्रचण्ड निवासमा सोमबार बिहान भेटवार्ता भएको र छलफल सकारात्मक रूपमा टुङ्गिएको गृहमन्त्री खाणको सचिवालयले जनाएको छ ।

यसअघि सरकारले नेपाली नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक २०७५ साउन २२ गते प्रतिनिधिसभामा दर्ता गरेको थियो ।
राज्य व्यवस्था समितिले २०७७ असार ९ गते प्रतिवेदनसहित प्रतिनिधि सभामा पेश गरेकोमा सरकारले उक्त विधेयक असार २४ गते फिर्ता लिएर त्यसै दिन अर्को विधेयक संसद् सचिवालयमा पेश गरेको छ ।

पेश भएको विधेयकमा सहमति जुटाउन गृहमन्त्री खाणले सरकारका तर्फबाट विभिन्न राजनीतिक दलका नेतासँग भेटघाट गरिरहेका छन् । आइतबार साँझमात्रै गृहमन्त्री खाँणले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङसँग भेटवार्ता गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर