सुन, पेस्तोल, गोली र अमेरिकी डलरसहित धादिङबाट दुई जना पक्राउ

धादिङमा सुन, पेस्तोल, गोली र अमेरिकी डलरसहित दुई जना पक्राउ परेका छन् । धादिङको खनियावास गाउँपालिका –४ का वेगबहादुर तामाङ र शोभा तामाङलाई बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका इन्स्पेक्टर रञ्जन आवाले जानकारी दिए ।

उनीहरू सवार लपाङफेदीबाट धादिङबेंसी जाँदै गरेको मुस्ताङ फोर्स गाडी चेकजाँच गर्ने क्रममा उनीहरू पक्राउ परेका हुन् ।

प्रहरीले उनीहरूको झोलाबाट एक किलो फाइन गोल्ड ९९९.९ लेखिएको बिस्कुट आकारको सुन १ थान, अमेरिकी डलर ५० दरको नोट ९७ थान, १०० दरका नोट २ सय ६३ थान र मोबाइल २ थान बरामद गरेको छ ।

थप अनुसन्धानका क्रममा वेगबहादुरको घरमा लुकाइछिपाइ राखेको २ थान पेस्तोल, सोही पेस्तोलमा प्रयोग हुने २० राउण्ड गोली, कटुवा पेस्तोल १ थान, बिस्कुट आकारको सुन ५ थान पनि बरामद भएको इन्स्पेक्टर आवाले बताए ।

पक्राउ परेका उनीहरूमाथि म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर