![Pardafas.com](https://www.pardafas.com/wp-content/uploads/2022/06/pardafas-logo.png)
सरकारले एसपीपीमा सहभागी नहुने पत्र पठाएकै छैन : सांसद लोहनी
![clock](https://www.pardafas.com/wp-content/themes/pardafas/assets/img/clock-icon.png)
![सरकारले एसपीपीमा सहभागी नहुने पत्र पठाएकै छैन : सांसद लोहनी](https://www.pardafas.com/wp-content/uploads/2022/08/Khem-Prasad-Lohani.jpg)
नेकपा एमालेका सांसद खेमप्रसाद लोहनीले सरकारले एसपीपीमा सहभागी नहुने पत्र नपठाएको आरोप लगाएका छन् ।
बिहीबार सिंहदरबारमा बसेको राज्यका निर्देशक, सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले सरकारसँग संसदीय समितिले र सिंगो संसद्ले अमेरिकालाई एसपीपीमा सहभागी नहुने भनेर पठाएको पत्र माग गर्दा दिन हिच्किचाहट गरिरहेको बताए । उनले नेपालीहरूको चासो र चिन्ताको विषयका बारेमा जानकारी नगराउनु सरकारको गैरजिम्मेवारीपन भएको बताए ।
उनले सरकारले जनता र समितिलाई एसपीपी सम्झौतामा सहभागी नहुने भनेर पठाएको पत्र उपलब्ध नगराउनु राष्ट्रप्रतिको धोका भएको बताए ।
सांसद लोहनीले सरकारले एसपीपीमा सहभागी नहुने पत्र पठायौँ भनेर पत्र नपठाइ जनतालाई ढाँटेको आरोप लगाए ।
प्रतिक्रिया