देश बनाउनका लागि भावना, कल्पना र सपना चाहिन्छ : रामचन्द्र पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कला र साहित्यको अवमूल्यन गर्न नहुने बताएका छन् । बिहीबार नेपाल सांस्कृतिक संघले आयोजना गरेको नेपाली कांग्रेस र साहित्य विषयक विचार गोष्ठीमा बोल्दै वरिष्ठ नेता पौडेलले साहित्यले देश बनाउने प्रेरणा जगाउने बताए ।

उनले साहित्यले मानिसलाई काम गर्ने प्रेरणा पनि जगाउने भएकाले कला र साहित्यको अवमूल्यन गर्न नहुने बताए । कला र साहित्यको अवमूल्यन गरेमा प्रगति गर्न नसकिने र नेपालको पहिचान नै समाप्त हुने उनले बताए ।

वरिष्ठ नेता पौडेलले देश बनाउनका लागि भावना, कल्पना र सपना चाहिने उल्लेख गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर