देउवाले श्रीमती र सालाहरू अगाडि सारेर देशमा भ्रष्टाचार गरिरहेका छन् : ओली

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले श्रीमती र सालाहरू अगाडि सारेर देशमा भ्रष्टाचार गरिरहेको आरोप लगाएका छन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले प्रधानमन्त्री देउवाले आफन्तमार्फत देशलाई दुःख दिएको र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले छोरीलाई मेयर बनाउन मरिहत्ते गरेकै कारण केहीले राजनीतिलाई घृणा गरेको बताए ।

मंगलबार काठमाडौंमा आयोजित ‘युवा महिला र राजनीति’ विषयक विचार गोष्ठीमा बोल्दै उनले व्यापारीका प्रतिनिधिलाई ल्याएर करको दर हेरफेर गरेपछि राजनीतिमा घृणाभाव जागृत भएको तर्क गरे ।

अध्यक्ष ओलीले सत्तारूढ दलका नेताहरूले राजनीति नगरेको उल्लेख गर्दै त्यसका विरुद्ध लड्न पनि सबैलाई आह्वान गरे । राजनीति देशका लागि, जनताका लागि, विश्व शान्ति र मानव जातिको हितका लागि हुनुपर्ने भन्दै उनले त्यसको पक्षमा आफूहरू दृढतापूर्वक उभिरहेको दाबीसमेत गरे ।

अध्यक्ष ओलीले राजनीतिमा एक थोपा पनि पसिना नबगाएकाहरूले यसलाई ‘इन्जोय’ गर्ने माध्यामको रूपमा लिएको टिप्पणी गरे । स्वतन्त्रको पहिचान बनाएर राजनीतिमा सहभागी भइरहेकाहरूप्रति संकेत गर्दै उनले राजनीतिलाई उनीहरूले रमाइलो गर्ने माध्यमको रूपमा लिए पनि त्यस्तो नभएको बताए ।

अध्यक्ष ओलीले राजनीतिमा सहभागी भएर असाधारण योगदान गरिरहेको भन्दै महिलाहरूको प्रशंसा गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर