कांग्रेस नेता तथा समाजवादी चिन्तक प्रदीप गिरिको निधन

नेपाली कांग्रेसका नेता तथा चिन्तक प्रदीप गिरिको शनिबार निधन भएको छ । ७५ वर्षे गिरिको घाँटीको क्यान्सरबाट पीडित गिरिको उपचारको क्रममा ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालमा शनिरबार राति साढे नौ बजे निधन भएको हो । करिब पाँच वर्षअघि देखि नेता गिरीलाई घाँटीको क्यान्सर देखिएको थियो ।
त्यसपछि उनले भारतमा उपचार गरेका थिए । त्यसयता उनी पटक–पटक उपचारका लागि भारत जाने र आउनेक्रम चलिरहेको थियो । यसपटक पनि लामो उपचारपछि नेपाल फर्किएका गिरी साउन पहिलो साता ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पताल भर्ना भएका थिए । घाँटीको क्यान्सरको संक्रमण शरीरका अन्य भागमा समेत फैलिएपछि शुक्रबारदेखि भेन्टिलेटरमा राखेर उनको उपचार भइरहेको थियो ।
गिरीको पार्थिव शरिरलाई नौ बजेदेखि ११ बजे सम्म अस्पतालकै शिवालय मन्दिरमा राखिने त्यसपछि पार्टी कार्यालय लगिने कांग्रेस संसदीय दलका प्रमुख सचेतक मीन विश्वकर्माले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
त्यसपछि पार्टी केन्द्रीय कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिने र दिउँसो ४ बजेसम्म राखेपछि आइतबारै उनको दाहसंस्कार गरिने छ ।
सिरहाको बस्तीपुरमा २००४ सालमा बुवा मित्रलाल गिरी र पुण्यप्रभा गिरीको कोखबाट जन्मिएका गिरीले भारतको जवाहरलाल नेहरु विश्वविद्यालयबाट दर्शनशास्त्र र अर्थशास्त्रमा स्नातकोत्तर गरेका थिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *