कांग्रेस नेताहरूले प्रदीप गिरिलाई श्रद्धाञ्जली दिँदै भने– देशले एउटा निडर नेता गुमायो

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेस नेता स्व. प्रदीप गिरि निडर नेता भएको बताएका छन् । आइतबार बिहान नेता गिरीलाई श्रद्धाञ्जली दिन मेडिसिटी अस्पताल पुगेका नेता कोइरालाले उनी आफ्नो कुरा स्पष्टसँग राख्न सक्ने निडर नेता भएको बताएका हुन् । गिरिको सादगी जीवनबाट नेपालका राजनीतिज्ञहरूले पनि केही सिक्नुपर्ने उनको भनाइ छ ।

त्यस्तै गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणले गिरि नेपाली राष्ट्रियताको संवर्द्धन र जनताको अधिकारलाई स्थापित गर्न जीवनभर लागिरेको बताए । गिरिले नेपाली कांग्रेसलाई समावेशी बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गरे । उनको निधनले सिंगो देशलाई क्षति भएको मन्त्री खाणको भनाइ छ ।

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले गिरीलाई समाजवादी विचारका चिन्तक तथा अध्ययनशील व्यक्तित्वको रूपमा उल्लेख गरे । उनी कम्युनिष्ट र कांग्रेस मिलेर नै देशको विकास गर्नुपर्छ भन्ने पक्षमा रहेको मुख्यमन्त्री पाण्डेले बताए ।

विगतमा पञ्चायतबिरुद्ध कम्युनिष्ट र कांग्रेसको एकताको पक्षमा गिरि रहेकै कारणले पनि सो आन्दोलन सफल भएको उनले स्मरण गरे ।

अर्थमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का नेता जनार्दन शर्माले गिरि नेपाली राजनीतिको एउटा ताराको रूपमा रहेको भए । गिरिलाई सादगी जीवन जिउने निष्ठावान राजनीतिज्ञको रूपमा अथ्र्याए । गिरिले लोकतन्त्र र समाजवादको गहिरो व्याख्या गर्ने गरेको स्मरण गरे ।

नेपाली कांग्रेसका नेता उदय समशेर राणाले प्रदीप गिरि निःस्वार्थी नेता भएको उल्लेख गरे । कुनै पनि लोभ उनमा नरहेको भन्दै राणाले सांसद बनेर संसदमार्फत बोली सरकारलाई दबाब दिनुमात्रै उनको चाहना रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *