जबराविरुद्धकाे महाभियोग सिफारिस समितिको बैठक बस्दै

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोगबारे छलफल गर्न सिफारिस समितिको बैठक बुधबार पनि बस्दैछ । बैठक दिउँसो २ बजे बस्नेछ ।

यसअघि मंगलबार बसेको बैठकले यसै साता जबरालाई सफाइ पेस गर्न मौका दिनेगरी कार्यतालिका तयार पारेको जनाएको थियो ।

सो बैठकमा एमालेका सांसद विष्णु पौडेलले महाभियोग प्रस्ताव दर्ता हुँदा सदन नचलेको भए १५ दिनभित्र सदन बोलाउनुपर्ने र सदन चलेको भए ३ दिनभित्र महाभियोग प्रस्तावमा छलफल गर्नुपर्ने व्यवस्थाको उल्लंघन भएको भन्दै विरोध जनाएका थिए ।

उनले महाभियोग प्रस्ताव दर्ता भएको ६ महिनासम्म पनि छलफलमा नल्याइनु गम्भीर विषय भएको बताएका थिए । उनले महाअभियोग पारित गर्नका लागि ल्याइएको हो कि केवल प्रस्ताव दर्ता गरेर न्यायालयलाई प्रभावित पार्न खोजिएको हो, यसको जवाफ दिन माग गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर