फेसबुक ह्याक गरेर ठगी गरेको अभियोगमा एक जना पक्राउ

सामाजिक सञ्जाल फेसबुक ह्याक गरी ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन्।

फेसबुक ह्याक गरी साथी, आफन्त तथा सहकर्मीलाई विभिन्न बहाना बनाएर रकम माग गर्ने कार्यमा संलग्न मोरङ पथरीशनिश्चरे नगरपालिका–१० मंगलबारे डाँडा बस्ने २० वर्षीय किरण पाठकलाई मंगलबार पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पीडितको साथी, आफन्त तथा सहकर्मीलाई विभिन्न डिजिटल पेमेन्ट गेट वेमार्फत रकम जम्मा गर्न लगाई ठगी गर्ने कार्यमा संलग्न पाठकलाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिई नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय मोरङसँग समन्वय गरी मोरङ पथरीशनिश्चरे नगरपालिका–१० मंगलबारेबाट पक्राउ गरेको हो ।
उनीउपर काठमाडौं जिल्ला अदालतबाट ५ दिन म्याद थप अनुमती लिई प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *