
गोरखा रेजिमेन्टमा भर्ना भएका नेपालीले पाउनुपर्ने सुविधाको विषय टुंगो लगाउन सांसदको माग


फाइल तस्वीर
प्रतिनिधि सभा सांसद दिव्यमणि राजभण्डारीले गोरखा रेजिमेन्टमा भर्ना भएका नेपालीले पाउनुपर्ने सुविधाको विषय टुंगो लगाउन सरकारसँग माग गरेका छन् ।
सोमबार प्रतिनिधि सभाको बैठकको शून्य समयमा बोल्दै सांसद राजभण्डारीले गोरखा सैनिकहरूको मागलाई सरकारले बेवास्ता गरेर दुखी बनाएकाले तत्काल माग पूरा गर्न माग गरेका हुन् । उनले भारतमा समेत गोरखा भर्नामा नयाँ नियम बनाएको बताए ।
प्रतिक्रिया